ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चौधरी ग्रुपद्वारा अमेरिकी ब्रान्ड ब्ल्याक डेकरको बिक्री सुरु

२०७७ असोज, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा घरायसी सामग्री बिक्री गर्दै आएको चौधरी ग्रुपको सीजी इम्पेक्सले अमेरिकी ब्रान्ड ब्ल्याक डेकर बिक्री सुरु गरेको छ ।

कम्पनीले काठमाडौंमा रहेको सीजी डिजिटल पार्कमा डिलर र डिस्ट्रिब्युटरमार्फत भर्चुअल प्रविधिबाट अमेरिकी ब्रान्डका सामग्री बिक्री सुरु गरेको घोषणा गरेको हो ।

उक्त अवसरमा सीजी इम्पेक्सका पदाधिकारी र ब्ल्याक डेकर इन्डियाका दक्षिण नेपाल हेर्न निर्देशक निलाञ्जन भट्टाचार्यले अमेरिकी ब्रान्डका सामग्रीबारे जानकारी दिएका थिए । कम्पनीले अमेरिकी ब्रान्डका घरायसी सामग्री स्टिम आइरन, ग्रिन्डर मिल्स, राइस कुकर, स्यान्डविच मेकर, हिटर, माइक्रोवेभ ओभनलगायतका सामग्री नेपाली बजारमा
बिक्री गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्