ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फुसको छाना हटाउने अभियान शुरू

२०७७ असोज, ४  
प्रदेश ०१
Image Not Found
author avatar गणेश विष्ट

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णमा फुसको छानोमुक्त बनाउने अभियान थालिएको छ । उक्त वडामा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर जिल्लामै पहिलोपटक जस्तापाता वितरण अभियानको थालनी गरिएको हो । जिल्लाकै नमूना र समृद्ध वडा निर्माण गर्ने लक्ष्यसहित जस्तापाता वितरण गरिएको वडा कार्यालयले बताएको छ ।

कार्यालयले अभियानको रूपमा फुसको छानो हटाउने कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन् । हालको गाउँपालिका केन्द्र समेत रहेको सो ठाउँलाई व्यवस्थित बनाउन योजनाबद्ध रूपमा अभियान सञ्चालन गरिएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।

वडा कार्यालयले वर्षौंदेखि फुसको चुहिने छानोमुनि बस्दै आएका परिवारलाई लक्षित गरेर जस्तापाता लगाइदिएको दिनु महŒवपूर्ण काम भएको स्थानीय स्थानीय लक्ष्मी अधिकारीले बताइन् । ‘यो निकै राम्रो काम हो । यस्तो कार्यको अरू स्थानीय तहले पनि अनुसरण गर्न आवश्यक छ,’ उनले भनिन् । वडाले थोरै बजेटमा भए पनि स्थानीयको आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेको अर्का स्थानीय धनबहादुर थापाले बताए  । गतवर्ष १३ विपन्न घरपरिवारको खरको छानो हटाउन जस्तापाता वितरण गरिएको र यस वर्ष १५ परिवारलाई वितरण गर्ने लक्ष्य रहेको वडाध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्