ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मेगा बैंक नेपालले नबिकेको हकप्रद शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्दै

२०७७ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । मेगा बैंक नेपालले हकप्रद शेयरमा नबिकेको शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । 

कम्पनीले ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता संस्थापक शेयर र ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता सर्वसाधारण शेयर लिलामी गर्न लागेको हो । लिलामी शेयरमा आवेदकले असोज १८ गतेसम्म आवेदन गर्न पाउनेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै ब्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीद गर्न चाहेमा भिन्दाभिन्दै शिलबन्दी आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १ लाख कित्तासम्म दरखास्त दिन सकिनेछ । साथै मेगा बैंक नेपालका उपत्यका बाहिर र भित्रका शाखा कार्यालयहरुमा गएर पनि आवेदन फारम बुझाउन सकिनेछ ।विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्