ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारी :  विश्वमा संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो    

२०७७ असोज, ४  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितहरुको उपचारमा संलग्न नर्सको फाइल फोटो

असोज ४, वासिङ्टन ।  विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ९ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले बताएको छ । कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९ लाख ९२ हजार ९८० पुगेको आइतवार प्राप्त समाचारमा जनााइएको छ ।     
     
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ६१ हजार नाघेको पनि सो विश्वविद्यालयले बताएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड २५ लाख ८७ हजार ९०५ व्यक्ति कोरोना मुक्त भएका छन् ।     
     
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९ लाख ६७ हजार ४०३ जनाभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ३ हजार ८२४ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले बताएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल रहेको छ ।     
     
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नाघेको छ ।     

ब्राजिलमा १ लाख ३६ हजार ५६५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८६ हजार ७२४ जनाको मृत्यु भएको छ । रुसमा १० लाख ९७ हजार २५१ ज्ना संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौं स्थानमा रहेको पेरुमा ७ लाख ६२ हजार ८६५ व्यक्ति संक्रमित रहेका छन् ।    
     
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा यूरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ । रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्