ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६.०२ अंकले बढेको बजारमा २ अर्बभन्दा बढीको शेयर कारोबार (२ बजेको अपडेट) 

२०७७ असोज, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ६ दशमलव शून्य २ अंकले बढेर १ हजार ५७८ दशमलव २० विन्दुमा पुगेको छ । 

यस अवधिमा १८१ ओटा कम्पनीको रू. २ अर्ब ३ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारको तेस्रो घण्टामा खानीखोला हाइड्रोपावर र सिभिल बैंकको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा लिवर्टी इनर्जी रहेको छ । कारोबारको पहिलो घण्टामा १० प्रतिशतसम्म बढेको कम्पनीको शेयरमूल्य कारोबारको तेस्रो घण्टामा १० घटेको छ । विक्री चाप बढेसँगै कम्पनीको शेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो । यस अवधिमा कम्पनीको शेयर प्रतिकित्ता रू. २७० कारोबार भइरहेको छ । 

यस अवधिसम्म रिलायन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १६ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६६७ मा कारोबार भइरहेको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, जलविद्युत, निर्जीवन बीमा, अन्य, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्