ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१० % शेयर मूल्य बढेको सिभिल बैंकलाई नेप्सेले माग्यो जवाफ

२०७७ असोज, ४  
लगानी
NA
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टिकरण मागेको छ ।

नेप्सेले हिमालयन बैंकसँग प्राप्ति सम्बन्धि प्रस्ताव गरेको विषय नेप्सेमा जानकारी गराउनुपूर्व विभिन्न सञ्चार माध्यमहरुमा सूचना चुहावट भएपछि उक्त विषयको जवाफ दिन भनेको हो । सोमवार कारोबार खुल्नु अघिनै प्राप्त हुने गरी जवाफ पठाइसक्न नेप्सेले उक्त कम्पनीलाई भनेको छ ।

धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम यदि सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्ने कुनै घटना वा कारोबार भएमा त्यसको जानकारी तुरुन्त नेप्सेलाई गराउनुपर्नेछ ।

सिभिल बैंकसँग सम्बन्धित कुनै पनि सुचना आइतवार सार्वजनिक भएका छैनन् । यद्यपी बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम शेयरमूल्य भएको उक्त कम्पनीको आइतवार यो समाचार तयार गर्दासम्म १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. १५ ले शेयरमूल्य बढेको छ ।

२ लाख ६७ हजार ३२१ कित्ता शेयर खरीद गर्ने माग भएपनि यो दिन २ बजेर ४० मिनेटसम्म विक्री आदेश भने शून्य रहेको छ । 

आइतवार एक्कासी १० प्रतिशत मूल्य वृद्धिको कारण हिमालयन बैंकले प्राप्ति गर्न लागेको हल्ला लगानीकर्ताहरुमा फैलिएको थियो । सोहि हल्लाको कारण लगानीकर्ताहरुको उच्च माग हुँदा सिभिलको शेयरमूल्यमा उच्च वृद्धि देखिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्