ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६ ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य ९ % भन्दा बढी घट्यो, प्रोफिट  बुक गर्दै लगानीकर्ता

२०७७ असोज, ४  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । आइतवार छ ओटा जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले घटेको छ । 

जलविद्युत् कम्पनीको शेयर मूल्य एक हप्ताभन्दा अगाडिबाट बढीरहेको हँुदा लगानीकर्ताले प्रोफिट बुक गरेपछि शेयर मूल्य घटेको हो । सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ ।

त्यसैगरी आइतवारबाटै कारोबार शुरु गरेको लिबर्टी इनर्जी कम्पनीको शेयर मूल्य शुरुमा १० प्रतिशतका दरले वृद्धि भएकोमा पछि विक्रेता हावी हुँदा १० प्रतिशत घटेको हो । 

त्यसैगरी हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत, पाँचथर पावर कम्पनीको ९ दशमलव ८२ प्रतिशत, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ७३ र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ५७ प्रतिशत घटेको छ । 
आइतवार शेयर मूल्य घट्नेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् । 

लगानीकर्ताले अल्पकालिन रुपमा जलविद्युत् कम्पनीको शेयरमा लगानी गरी प्रोफिट बुक गरेपछि मूल्य घटेको शेयर बजार विश्लेषकहरुले बताएका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्