ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ४११ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो

२०७७ असोज, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । नेपालमा आइतवार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४११ जनाको मृत्यु पुष्टि भएको छ ।

कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । आइतवार मात्रै थप ९६६ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेका  छन् ।कुल पीसीआर परीक्षण ९ लाख १४ हजार २६५ संख्या पुगेको छ । हाल भेन्टिलेटरमा ३६ जना संक्रमित रहेका छन् ।

विगत २४ घण्टामा ९ हजार ५८४ ओटा पीसीआर परीक्षण गरिएको छ ।  मन्त्रालयका  अनुसार होम आईसोलेशननमा ८ हजार ७०७ जना रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ९ हजार ७१ जना  रहेका छन् ।त्यसैगरी हाल १७ हजार ४७८ जना सक्रिया संक्रमित रहेका छन् । 

प्रवक्ता गौतमले अवदेखि आईसोलेशनको व्यवस्था स्थानिय तहले गर्नुपर्ने बताए । मन्त्रालयका अनुसार नेपालका विभिन्न स्थानमा रहेका ४९ ओटा ल्यावबाट पीसीआर परीक्षण भइरहेको छ । काठमाडौं उपत्यकामा एकैदिन ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ६०२ जना, ललितपुर जिल्लामा ६४ जना र भक्तपुर जिल्लामा १०१ जना रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्