ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से १५७५.१८ विन्दुमा, २ अर्ब ७४ करोड बराबरको शेयर खरीदविक्री 

२०७७ असोज, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १ हजार ५७५ दशमलव १८ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा अंक वृद्धि भएको हो । आइतवार १८८ ओटा कम्पनीको रू. २ अर्ब ७४ करोड बराबरको शेयर खरीदविक्री भएको छ । ९२ लाख २३ हजार ७१२ कित्ता शेयर ६४ हजार ५१५ पटकमा उक्त रकम बराबरको शेयर खरीदविक्री भएको हो ।  

कारोबार भएका १८८ ओटा कम्पनीमध्ये ७०ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९०  ओटा कम्पनीको शेयर मूल्य घटेको र ७ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 
सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

 कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८८ पुगेको छ । त्यसैगरी रिलायन्स फाइनान्सको शेयर मूल्य ९ दशमलव ६६ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार उक्त कम्पनीको भएको छ ।

उक्त कम्पनीको रू. १९ करोड ४७ लाख बरावरको शेयर खरीदविक्री भएको हो । आइतवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६६५ कायम भएको छ । सर्वाधिक कारोबार गर्नेमा दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । 

त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर कम्पनी र लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले घटेको हो । कारोबारमा आएका १२ ओटा समुहमध्ये बैकिङ् समूहको परिसुचक १ दशमलव ५५ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ४१ प्रतिशत र वित्त समूहको परिसूचक ३ दशमलव ९४ प्रतिशतका दरले वृद्धि भएको छ भने बाँकी समुहको परिसूचक घटेको छ ।

सबैभन्दा बढी जलविद्युत् कम्पनीको परिसूचक ४ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।  केहि दिनयता बढेको जलविद्युत् कम्पनीको शेयर मूल्य लगानीकर्ताले प्रोफिट बुक गर्न लागेसँगै घटेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्