ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आन्तरिक राजस्व कार्यालय पोखराले संकलन गर्‍यो ४ अर्ब राजस्व 

२०७७ असोज, ४  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको पाइएको छ ।

उक्त कार्यालयले आर्थिक वर्ष २०७६/ ०७७ मा रू.५ अर्ब ६१ करोड ६७ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि मुलुकमा सृजित असहज अवस्थाका कारण रू.४ अर्ब ३ करोड ११ लाख २३ हजार मात्र राजस्व संकलन गरेको हो ।

कार्यालयले उठाएको राजस्व लक्ष्यभन्दा करीब २८ प्रतिशतले कमी हो । कार्यलयले आर्थिक वर्ष २०७६/ ०७७ मा रू.५ अर्ब ६१ करोड ६७ लाख ५२ हजार संकलन गर्ने  लक्ष्य रहेकोमा ७१ दशमलव ७७ प्रतिशत मात्र लक्ष्य पूरा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले जानकारी दिए ।

कोरोना महामारीका कारण देशमा लगातार चार महीनासम्म लकडाउन जारी हुँदा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको उनले बताए । करदाताको व्यवसाय ठप्प भएका कारण अपेक्षित राजस्व संकलन हुन नसक्दा लक्ष्यभन्दा रू.१ अर्ब ५८ करोड ५६ लाख २९ हजार अर्थात् २८ प्रतिशत कम राजस्व संकलन भएको सूचना अधिकारी लामिछानेले बताए । 

कोरोना महामारीका कारण गत चैत महीनादेखि हालसम्म व्यवसायीक घरनाहरु ठप्प हँुदा लिइएको लक्ष्य अनुसारको राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्न कठिन भएको उनले बताए ।

कार्यालयले गत साउन महीनामा  रू.६५ करोड राजस्व संकलनको लक्ष्य लिएको भएपनि रू.४५ करोड मात्रै राजस्व संकलन भएको उनले बताए । जुन लक्ष्यभन्दा ३० दशमलव ७७ प्रतिशले कमि हो । गत आर्थिक वर्षको असार महीनामा लकडाउन जारी भएको अवस्थामा पनि अघिल्लो वर्ष आर्थिक २०७५/ ७६ को असार महीनाको तुलनामा रू.१६ करोडभन्दा बढी राजस्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/ ०७७ को असार महीनामा मात्र रू.७६ करोड राजस्व संकलन भएकोमा २०७५।०७६ मा रू.६० करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७५/ ०७६ मा कार्यालयले ९२ प्रतिशत लक्ष्य हासिल गरेको थियो । रू.५ अर्ब ७६ करोड ३२ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले आर्थिक वर्ष २०७५/ ०७६ मा रू.५ अर्ब २९ करोड ७१ लाख ९५ हजार राजस्व संकलन भएको उनले बताए । 

अघिल्लो वर्ष लक्ष्यभन्दा करीब ८ प्रतिशत अर्थात् रू.४६ करोड ६१ लाख ४ हजार कम राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७६/ ०७७ मा कार्यालयले आयकरतर्फ रू.२ अर्ब १५ करोड ४ लाख ५६ हजार राजस्व संकलन गरेको छ । ६४ दशमलव ७५ प्रतिशत मात्र लक्ष्य हासिल गरेको कार्यालयले आयकरतर्फ रू. ३ अर्ब ३२ करोड १३ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । 
व्यवसायिक घर बहाल करतर्फ रू.५ करोड ३५ लाख ५८ हजार अर्थात् ३५ दशमलव ७६ प्रतिशतले मात्र लक्ष्य हासिल गरेको कार्यालयले बताएको छ ।

ब्याजतर्फ कार्यालयले ६९ दशमलव ९५ प्रतिशत लक्ष्य हासिल गरेको छ । आर्थिक २०७६/ ०७७ मा ब्याजतर्फ कार्यालयको रू.३६ करोड ४५ लाख ५१ हजार लक्ष्य रहेकोमा रू.२५ करोड ५० लाख १५ हजार राजस्व संकलन भएको छ । 

अन्तशुल्कः कर तर्फ कार्यालयले ८५ दशमलव ५६ प्रतिशत लक्ष्य हासिल गरेको छ । अन्तशुल्कः करतर्फ कार्यालयको रू.१ अर्ब ५८ करोड १२ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा रू.१ अर्ब ३५ करोड २९ लाख ३६ हजार राजस्व संकलन भएको कार्यालयले बताएको छ ।

कार्यलयले आर्थिक बर्ष २०७६/ ०७७ सम्म कास्की र स्याङ्जाका सेवाग्राहीलाई पोखराबाट सेवा दिदैं आएको थियो । तर नयाँ आर्थिक वर्ष शुरु भएसंगै स्याङ्जाको सदमुकाममा सेवा कार्यालय स्थापना गरि सेवा प्रारम्भ गरिसकेको छ ।

पोखराबाट हालसम्म ८८ हजार ९०६ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । व्यावसायिक स्थायी लेखा नम्बर लिनेहरुको संख्या भने ५८ हजार १३ रहेको र भ्याटतर्फ ११ हजार ५८३ ओटा संस्था दर्ता रहेको सूचना अधिकारी लामिछानेले बताए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्