ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा एकैदिन थपिए ९२ हजार ६०५ जना संक्रमित 

२०७७ असोज, ४  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ४, नयाँदिल्ली । भारतमा एकैदिन ९२ हजार ६०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या ५४ लाख ६२० जना पुगेको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले १ हजार १३३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा कोरोना संक्रमणको कारण मृत्यु भएकाहरुको कुल संख्या ८६ हजार ७५२ जना पुगेको छ । 

भारतमा कुल संक्रमितहरुमध्ये अहिले पनि १० लाख १० हजार ८२४ जना संक्रमित अवस्थामै रहेका छन् भने ४३ लाख ३ हजार ४४ जना भने संक्रमणमुक्त भइसकेका छन् । 

भारतमा प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि ३ लाख १ हजार २७३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा १ लाख १ हजार १४८ जना सक्रिय संक्रमितहरु छन् । 

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना संक्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतीय मेडिकल रिसर्च काउन्सीलका अनुसार भारतमा हालसम्म ६ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्