ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेलायतमा कोभिड–१९ को नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने

२०७७ असोज, ४  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ४, लण्डन । कोरोना संक्रमितको संख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । 

नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेशन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्डसम्म जरिवाना गर्ने बताइएको छ । 

बेलायतमा शनिवार मात्र करीब चार हजार ५०० जना नयाँ संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो । 

सेप्टेम्बर २८ तारिख यता कोरोना संक्रमित र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु ‘सेल्फ आइसोलेशन’मा बस्नुपर्ने व्यवस्था गरिएको हो । सरकारले कम आय श्रोत भएकालाई ५०० पाउण्डको आर्थिक सहयोग दिने पनि जानकारी दिइएको छ । 

नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नु पर्नेछ । पटक पटक नियम उल्लंघन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पुर्‍याइएको हो । यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो ।  

इङ्गल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय नियमहरूको पालना भएकोले सबैले पालना गर्नुपर्ने बताए । 

प्रधानमन्त्री जोनसनले भने, ‘नियम मान्न कति महत्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम ठान्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईँलाई राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले संक्रमितको निकट रहेको छ भने तपाईँ नियम मान्न कानूनी रूपमा बाँधिनु भएको छ भन्ने हो ।’ नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिवानाको सामना गर्नुपर्ने पनि उनले बताए ।

इङ्गल्याण्ड क्षेत्रमा महामारीको अवस्थामा कमी आएको बताउँदै सरकारले गत महीनादेखि महामारी नियन्त्रणका उपायलाई हदैसम्म खुकुलो पारेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्