ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मापदण्ड विपरित सञ्चालन भइरहेका पाँच ओटा क्रसर उद्योग बन्द

२०७७ असोज, ४  
वाग्मती प्रदेश
Image Not Found

असोज ४, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित पाँच ओटा क्रसर उद्योग बन्द गराएको हो । 

प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्ने क्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । 

बन्द गराइएको क्रसर उद्योगमा लिखु गाउँपालिका–४ स्थित क्षेत्रपाल क्रसर उद्योग प्रालि, तादी गाउँपालिका–१ स्थित सूर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गाउँपालिका–३ स्थित दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि, पञ्चकन्या गाउँपालिका–२ स्थित नेशनल लाइभ एण्ड स्टोन कम्पनी प्रालि र विदुर नगरपालिका–५ मा रहेको बर्ड स्टोन क्रसर उद्योग प्रालि रहेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्