ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाँच वर्षदेखि पक्की पुल अलपत्र

२०७७ असोज, ५  
कर्णाली प्रदेश
NA

डँडेलधुरा ।  डँडेलधुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ ।     

रू. २ करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग विसं २०७२ मा सम्झौता भएको थियो । तर सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ । पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भइसकेपछि खोलाका दुवैपट्टि पिलर राख्ने काम मात्र भएको छ ।

वर्षात्को समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए । ‘निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा जोखिमपूर्ण रूपमा खोला वारपार गर्नुपरेको छ,’ उनले भने । समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्