ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डोटीको जोरायलमा औद्योगिक ग्राम निर्माण तीव

२०७७ असोज, ५  
सुदूरपश्चिम प्रदेश
NA

डोटी । कोरोना भाइरसको त्रास कायमै रहेका बेला जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा औद्योगिक ग्रामको निर्माण तीव्र गतिमा भइरहेको छ । २०७६ माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यहाँको बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै अहिले उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य धमाधम भइरहेको हो ।

कुल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण शुरू भइरहेको छ । औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई ध्यानमा राख्दै अझै कम्तीमा पनि ५०० रोपनीसम्म जग्गा लिने तयारी भइरहेको छ ।

औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच गत वर्षको फागुन १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सृजनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने सरकारको उदेश्यअनुसार उक्त औद्योगिक ग्राम निर्माण गरिन लागेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । ‘व्यावसायिक रोजगारी सृजनाको माध्यमबाट स्थानीय अर्थतन्त्रको दिगो विकासका लागि औधोगिक ग्राम निर्माण गर्दै छौं,’ उनले भने ।

उक्त ग्राम निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६/२०७७ मा रू. ९२ लाख निकासा आएकोमा अहिलेसम्म रू. ८३ लाख ६० हजार खर्च भएको गाउँपालिकाले बताएको छ । उक्त रकमबाट औधोगिक ग्राम क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायत संरचनाको निर्माणको काम भइरहेको छ । बहुवर्षीय योजना भएका कारण बाँकी काम आगामी वर्षमा हुने योजनाअनुसार काम तीव्ररूपमा अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिए ।

बुडरमा औद्योगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो । गाउँपालिकाको पहलपश्चात् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुडरमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रिपरिषद्बाट स्वीकृत गराएको बुडर धारापानीका स्थानीय तुलाराम साउदले बताए । ‘गाउँपालिकाको पहल तथा मन्त्रीले स्वीकृत गराउँदा हाम्रो क्षेत्रमा औद्योगिक ग्राम निर्माण हुँदै छ,’ उनले भने, ‘सबैले रोजगारसहित यहाँको विकास हुनेमा हामी निकै विश्वस्त छौं ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्