ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बागलुङमा साढे ४ हजारभन्दा बढीले गरे कोरोना बीमा

२०७७ असोज, ५  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

असोज ५, बागलुङ । बागलुङमा साढे चार हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै बागलुङमा हालसम्म ४ हजार ८ सय २५ जनाले बीमा गरेका छन् । कोरोनाको जोखिम सुरक्षणका लागि वैशाख ७ गतेदेखि विक्रीमा ल्याइएको यो पोलिसी शुरुवातमा सुस्त गतिमा भए पनि अहिले समुदायस्तरमा संक्रमण फैलिन थालेपछि बीमा गर्नेको संख्या बढिरहेको बीमा कम्पनीहरूले बताएका छन् । 

निर्जीवन बीमा कम्पनीहरुले विक्रि गरिरहेको बीमा पोलिसी बागलुङमा १ लाख र ५० हजारको छुट्टाछुट्टै रकमको बीमा तोकेका छन् । बागलुङमा १३ ओटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको काम गरिरहेका छन् । 

बागलुङमा हालसम्म सबैभन्दा धेरै आईएमई जनरल इन्स्योरेन्सले ३ हजार २ सय ६० जनाको बीमा गरेको छभने सबै भन्दा थोरै लुम्बीनी जनरल इन्स्योरेन्सले ७ जनाको बीमा गरेको छ । बागलुङमा नेपाल इन्स्योरेन्समा ८८ जना, एनएलजी इन्स्योरेन्समा १ यस ४७ जना, प्रभु इन्स्योरेन्समा १ सय ३१ जनाको बीमा गरेको छ । 

यस्तै प्रुडेन्सीयल इन्स्योरेन्समा ७८ जना, सगरमाथा इन्स्योरेन्समा ५६ जना, नेको इन्स्योरेन्समा १ सय ५६ जना, एभरेष्ट इन्स्योरेन्समा २८ जना, शिखर इन्स्योरेन्समा ४ सय ८० जना र प्रिमियर इन्स्योरेन्समा ४ सय ५ जनाले बीमा गरेको जनाएको छ । 

कम्पनीहरुले घर–घरमा पुगेर बीमा गर्न आग्रह नगरेको कारण धेरैले बीमा नगरेको बीमा कम्पनीहरुले बताएका छन् । ‘हामीले आफै सम्पर्कमा आएकाहरुलाई र बुझ्नेहरुलाई बीमा गर्न आग्रह गछौं,’ प्रुडेन्सीयल इन्स्योरेन्सका शाखा प्रमुख नन्दु विष्टले भने, ‘अन्य बीमा कम्पनीले जस्तो अभिकर्ताहरु राखेर घरमै पुगेर भनेपछि धेरै हुने थिए होला हाम्रो त्यस्तो अभिप्राय नभएको कारण बीमा कर्ताहरु थोरै भएको हुना सक्छन् ।’

बागलुङमा धेरै संघसंस्थाहरुले आफै सम्पर्क गरि बीमा गरिरहेको शिखर इन्स्योरेन्सका शाखा प्रमुख अञ्जिली श्रेष्ठले बताइन् । ‘व्यक्तिगत भन्दा धेरै संघसंस्थाहरुले बीमा गरिदिनुभएको छ,’ शाखा प्रमुख श्रेष्ठले भनिन्, ‘कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका संघसंस्थाहरुले आफ्ना कर्मचारीको सामूहिक बीमा गरिरहेका छन् ।’
बागलुङमा सबैभन्दा धेरै बीमा गरेको आईएमई जनरल इन्स्योरेन्सले १ जनाको बीमा दाबी रकम भुक्तानी गरिसकेको जनाएको छ । इन्स्योरेन्सले अहिले २ जनाको भुक्तानीको लागि प्रकृयामा रहेको बताएको छ ।

कोरोना बीमालेखमा १ लाख र ५० हजार गरी दुई प्रकारको बीमांक तोकिएको छ । १ लाख रुपैयाँको बीमाका लागि व्यक्तिले १ हजार रुपैयाँ प्रिमियम (बीमा शुल्क) तिर्नुपर्छ । सामूहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ तिरे पुग्छ ।

५० हजार रुपैयाँ बीमांकको बीमांलेखका लागि प्रतिव्यक्ति ५०० र सामूहिक रुपमा प्रतिव्यक्ति ३०० रुपैयाँमा बीमा गर्न सकिन्छ । यी दुवै बीमालेख गर्दा सरकारले ५० प्रतिशत अनुदान दिन्छ । सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा शतप्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।

बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीहरुले दावी भुक्तानी गर्ने छन् । बीमा कम्पनीले दावी निवेदन पेश गरेको ७ दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने छ ।यदी दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्