ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अब विश्व बजारमा नेपाली चिया निर्यात हुने, १२ ओटा कम्पनीले लोगो पाउँदै        

२०७७ असोज, ५  
प्रदेश ०१
Image Not Found

असोज ५, बनियानी( झापा) । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । 

‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अंकित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।     

‘कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ’, उनले भने, ‘पहिलो चरणमा देशभरका १२ ओटा कम्पनीले लोगो पाउँदैछन् ।’उनले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए ।     
     
 स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उनले बताए । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन् ।

‘कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन’, उनले भने, ‘लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।’ विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्