ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिभिल बैंकको जवाफ :  हिमालयन बैंकसँग विलय हुने खवर निराधार

२०७७ असोज, ५  
लगानी
NA
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौैं । सिभिल बैंकले हिमालयन बैंकसँग विलय हुने खबर निराधार भएको बताएको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई सोमवार लिखित जवाफ पठाउँदै उक्त कम्पनीले अहिलेसम्म औपचारिक रुपमा मर्ज वा एक्विजिसनसम्बन्धी निर्णय नभएको बताएको छ ।

नेप्सेले सिभिललाई हिमालयनले एक्वायर गर्ने भन्ने समाचारहरु सार्वजनिक भएपछि त्यसको वास्तविक जानकारी गराउन आइतवार निर्देशन दिएको थियो ।

नेप्सेको पत्रको जवाफ दिंदै उक्त कम्पनीले मर्जरका लागि सम्भावित संस्थाको खोजी गरिरहेको भए पनि अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भनेको छ ।

यो पनि हेर्नुस् :

१० % शेयर मूल्य बढेको सिभिल बैंकलाई नेप्सेले माग्यो जवाफ

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्