ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारी : विश्वमा संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो        

२०७७ असोज, ५  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितहरुको उपचारमा संलग्न नर्सको फाइल फोटो

असोज ५, वासिङ्टन  । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले बताएको छ । कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख ४३ हजार ३३९ पुगेको हो ।      
     
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन् ।     
     
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ४हजार ७६८ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले बताएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो ।     
     
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ ।     ब्राजिलमा १ लाख ३६ हजार ८९५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८७ हजार ९०९ जनाको मृत्यु भएको छ ।

रुसमा ११ लाख ३ हजार ३३९ जना संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौं स्थानमा रहेको पेरुमा ७ लाख ६८ हजार ८९५ जना संक्रमित रहेका छन् ।     
     
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा यूरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ । रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्