ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सजिलो लघुवित्त र समीट लघुवित्तले शुरु गरे एकीकृत कारोबार 

२०७७ असोज, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ६, काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले मंगलवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । 

एक आपसमा मर्जपछि समीट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन्  । दुबै कम्पनीको असार ३१ गतेको साधारण सभाबाट पारित र नेपाल राष्ट्र बैंकबाट गत भदौ ७ गते स्वीकृती भएसँगै एकीकृत कारोबार शुरु भएको हो । 

दुबै कम्पनी १ बराबर १ अनुपातमा मर्जरमा गएका हुन्  । सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता भएसँगै समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार माघ २३ गतेदेखि रोक्का भएको थियो ।

समीट लघुवित्त सूचीकृत कम्पनी हो भने सजिलो लघुवित्त भने नेप्सेमा सूचीकृत नभएको कम्पनी हो ।

यी दुई कम्पनी मर्जपछि बनेको कम्पनीको चुक्तापूँजि रू. ३९ करोड ४३ लाख पुगेको छ । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय गोरखा जिल्लाको मझुवा देउरालीमा हुने कम्पनीले बताउको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्