ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हायात रिजेन्सी खुल्यो

२०७७ असोज, ७  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको काठमाडौंको पाँचतारे होटल हायात रिजेन्सी पुनः खुलेको छ । पहिलो चरणमा रक्स रेस्टुराँ सञ्चालनमा ल्याइएको होटलले जानकारी दिएको छ । होटलका अनुसार रक्स रेस्टुँरा कोरोनाको

अन्तर्राष्ट्रिय मापदण्ड र नियमभित्र रहेर खुला गरिएकाले ग्राहकले खाना तथा पेय पदार्थको मजा लिन सक्नेछन् ।

कोरोना महामारीकै कारण व्यापार व्यवसाय सञ्चालन अनिश्चित भए पनि सुरक्षा सतर्कता र सरकारले बनाएको स्वास्थ्य मापदण्डभित्रै रहेर ग्राहकलाई सुविधा दिइने होटलका जनरल म्यानेजर राजेश रामदासले बताए । ग्राहकले शान्त वातावरण र सामाजिक दूरी कायम गरेर सुरक्षित तबरले रेस्टुराँले दिने सुविधा उपभोग गर्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्