ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सफ्टवेरिका कलेजले दस विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने

२०७७ असोज, ७  
बजार
NA

काठमाडौं (अस) ।  बेलायतको कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सले १० जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ ।

विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालामा सहभागी हुने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्युजियमलगायत बेलायतका प्रमुख पर्यटकीय स्थल अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए ।

१० दिनका लागि करिब ५० लाख खर्चेर कलेजले विद्यार्थीको आउजाउको टिकट, बसोबास व्यवस्था गरेको कलेजका बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए । बेलायत भ्रमणमा लैजान विभिन्न कार्यक्रममा कलेजको प्रतिनिधित्व गर्ने, उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति अनि पढाइमा लगनशील विद्यार्थी छनोट गरिने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

कलेजका २६ र २७ ब्याच सहभागी हुने भ्रमणमा ३० प्रतिशत सिट महिला विद्यार्थीको हुनेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्