ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

किया सोनेटको मूल्य सार्वजनिक

२०७७ असोज, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि किया मोटरको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सबकम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले उक्त गाडीको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकेको छ ।

सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेटलाई मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी३०० को प्रतिस्पर्धीको रुपमा हेरिएको कम्पनीले जनाएको छ ।

कियाले गत शुक्रबार नेपाली बजारमा सोनेट सार्वजनिक गरेको थियो । त्यस्तै, किया जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।

सोनेट दुइटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छन्, जुन यसअघि सेल्टोसमा देखिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्