ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फेरि घट्न थाल्यो सुनको मूल्य

२०७७ असोज, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधवार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा रू.१ हजार २०० घटेको हो । मूल्य घटेसँगै  प्रतितोला फाइन गोल्ड रू.९४ हजार ३०० र तेजाबी सुन रू. ९३ हजार ८०० मा कारोबार भइरहेको छ ।

मंगलवार पनि सुनको मूल्यमा रू.१ हजार ७०० घटकोे थियो । मंगलवार भने प्रतितोला फाइन गोल्ड रू.९५ हजार ५०० र तेजावी सुन प्रतितोला रू. ९५ हजारमा कारोबार भएका थियो । 

मंगलवार तथा बुधवारसमेत गरी सुनको मूल्य प्रतितोला रू. २ हजार ९०० घटीसकेको छ ।आइतवार सुुनको मूल्य केहि स्थिर रहेता पनि सोमवार भने तोलामा रू.२०० बढेको थियो  । 

बुधवार चाँदीको मूल्य पनि रू.४० घटेर प्रतितोला रू. १ हजार १९० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यम  गिरावट आइरहेकाले त्यसको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्