ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआरएन लघुवित्तद्वारा विशेष साधारण सभा गर्न असोज ११ गते बुक क्लोज

२०७७ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभाको लागि असोज ११ गते बुक क्लोज गर्ने भएको छ । अव असोज १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 कम्पनीले असोज १८ गते कैलाली जिल्लाको धनगढीस्थित होटल दिनेशमा बिहान ११ बजे सभा गर्दैछ ।कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले पुन : सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालक समितिको निवार्चन सम्बन्धमा मर्जर पश्चात कायम रहने एनआरएन लघुवित्त वित्तीय संस्थाको आगामी चार वर्षे कार्यकालको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारणको तर्फबाट गरि जम्मा छ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

अन्य प्रस्तावमा कम्पनीको नाम ठेगाना परिवर्तन सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यस एनआरएन लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियामावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्