ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

११ ओटा समूहको परिसूचक नकारात्मक हुँदा १०.७२ अंकले घट्यो नेप्से (१२ बजेको अपडेट) 

२०७७ असोज, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । बुधवार ११ ओटा समूहको परिसूचक नकारात्मक हुँदा नेप्से परिसूचक १० दशमलव ७२ अंकले घटेको छ । 

म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, जलविद्युत, वित्त, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । 

१ हजार ५४३ दशमलव ३७ विन्दुबाट कारोबार शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ६९ प्रतिशत घटेर १ हजार ५३५ दशमलव ४४ विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १८० ओटा कम्पनीको ९ हजार ७९२ पटकको कारोबारमा ९९ लाख ५३७ कित्ता शेयरको रू. ३३ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३१८ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३२३ मा रू. २ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्