ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि म्युचुअल फण्डको दुबै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि

२०७७ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको प्रतिइकाई खुद  सम्पत्तिको मूल्य भदौ मसान्तसम्ममा वृद्धि भएको छ । एनएमबि फिप्टी र एनएमबि हाईब्रिड फण्ड एल– १ को प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको हो । 

एनएमबि हाईब्रिड फण्ड एल– १ को साउन मसान्तसम्ममा प्रतिइकाई सम्पत्तिको खुद मूल्य रू. ११ दशमलव ५० रहेकोमा भदौ मसान्तमा वृद्धि भएर रू. १२ दशमलव १० पुगेको छ । 
त्यसैगरी एनएमबि फिप्टीको भदौ मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ११ दशमलव ४१ पुगेको हो । 

उक्त योजनाको उक्त मूल्य साउन मसान्तमा रू. १० दशमलव ९७ थियो । उक्त योजनाले भदौ मसान्तसम्ममा रू.६ करोड ३० लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तमा रू. ८१ लाख ५३ हजार थियो । 

योजनाले लगानी गरेका कम्पनीको शेयर मूल्य वृद्धि भएपछि नाफा बढेको हो । भदौ मसान्तसम्ममा योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ९० करोड ३३ लाख रहेकोमा यसको बजार मूल्य रू.९९ करोड ८३ लाख पुगेको हो । 

त्यसैगरी एनएमबि हाइब्रिड एल– १ ले भदौ मसान्त सम्ममा रू.६ करोड १६ लाख नाफा कमाएको छ । साउन मसान्तमा योजनाले रू. २२ लाख ३१ हजार नाफा कमाएको थियो । 

योजनाले सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ८४ करोड ५३ लाख रहेकोमा यसको बजार मूल्य रू.८६ करोड ३७ लाख पुगेको छ ।

भदौ मसान्तसम्ममा ती दुबै योजनाको लागत मूल्यभन्दा बजार मूल्य बढी छ । सोही कारण ती योजनाको नाफा र प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्