ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फोहोरमैला व्यवस्थापनका उपाय

नयाँ प्रविधि र उचित व्यवस्थापन आवश्यक

२०७७ असोज, ८  
लेख | दृष्टिकोण
Image Not Found

काठमाडौंलगायत विभिन्न शहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बद्ध निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याका रूपमा उत्पन्न हुने गरेको छ । साँच्चै भन्नु नै पर्दा ६ ओटै महानगरपालिका, ११ ओटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाका शहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगिनसक्नु, बुझ्नेलाई बुझिनसक्नु छ ।

प्रकृतिले सृजना गरेको हावा, पानी, पहाड, नदीनाला, वन जंगल आदि शहरीकरणको तीव्रचापले गर्दा ह्रास भएको छ, जसको फलस्वरूप आदिमकालदेखि मानवसहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सन्तुलन विनाश भएको छ । सो विनाशको फलस्वरूप लाखौं नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका छन् । काठमाडौंमा वायुप्रदूषणको मुख्य कारक सवारीसाधनको बढ्दो चाप, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन, समन्वयको अभाव, आधुनिक प्रविधिको जथाभावी प्रयोग, वनजंगल विनाश, अव्यवस्थित शहरीकरण, ऐन कानूनको कार्यान्वयन नहुनु, आदि छन् । कोभिड–१९ महामारीको बन्दाबन्दीका कारण २०७६ चैत १० देखि यो लेख लेख्दासम्म काठमाडौंलगायत देशका अन्य शहरी क्षेत्रमा प्रदूषण एवं फोहोरमैलाको समस्या भने कम भई वातावरणमा भने सुधार आएको देखिन्छ ।

फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव छ । कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतका रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभइसकेकाले पनि यसको व्यवस्थापनमा समस्या देखिएको छ ।

फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडाैं महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगढी, सुर्खेत, वीरगञ्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न शहरमा फोहोरमैलाको व्यवस्थापनमा समस्या छ । काठमाडाैं उपत्यकाको हाल दैनिक निष्कासन हुने करीब १२०० मेट्रिकटन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न बहानामा फोहोरमैला डम्पिङ गर्न नदिई काठमाडौंलगायत अन्य शहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थमा तीव्र असर पारेको छ । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा निष्कासन गर्न थालेको करीब १५ वर्ष पुगिसक्यो । २–३ वर्षको लागि मात्र तयार गरिएको सो डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सो डम्पिङ साइटमा हाल १८ ओटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्ड फिल साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्ड फिल साइट निर्माण हुँदै छ । सिसडोलदेखि बन्चरे डाँडासम्मको १ दशमलव ९ किलामीटर सडक अन्तिम चरणमा पुगेको भए पनि ल्यान्डफिल साइटको भौतिक प्रगति भने आधाभन्दा कम छ । २ वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करीब १५ वर्ष निरन्तर फोहोर थुपार्दा पैmलिएको दुर्गन्धले स्थानीय बासिन्दा आक्रान्त हुनु स्वाभाविक नै हो । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकाले बन्चरे डाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट बनाउने कुरा सुनिएको छ । ल्यान्डफिल साइटको फोहोर कुहिएर बगेको लेदोले फोहोर बोक्ने गाडी ल्यान्डफिल साइटमा पुग्नसमेत मौसमी समयमा कठिनाइ छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल साइट बेलाबखत समस्याग्रस्त भएको कुरा थाहा नै छ ।

बन्चरे डाँडा काठमाडौंबाट २७ किलोमीटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित १७०० रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिकतामा आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल साइटले २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल साइट १०० वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बद्ध पक्षको भनाइ छ । आशा गरौं, बन्चरे डाँडा ल्यान्डफिल्ड साइटबाट स्थानीय जनतालाई वातावरण प्रदूषण हुने कार्य नभई वातावरणमैत्री हुनेछ ।

फोहोरमैला व्यवस्थापनमा संस्थागत समस्या छ । फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी छ । फोहोरमैला व्यवस्थापनको दीर्घकालीन योजनाको अभाव देखिन्छ । फोहोरमैला व्यवस्थापनमा समुदाय र निजीक्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभावले पनि यसको व्यवस्थापनमा समस्या निम्त्याएको छ । फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव छ । फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव छ । कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतका रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभइसकेकाले पनि यसको व्यवस्थापनमा समस्या देखिएको छ ।

नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी सोसम्बन्धी दीर्घकालीन योजना बनाउनु आवश्यक छ । प्रत्येक नगरपालिकाले आप्mनो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नुपर्छ । फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अद्यावधिक गरी राख्नुपर्छ र फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्नुपर्छ । फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्नुपर्छ । फोहोरमैला व्यवस्थापनमा निजीक्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ । यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजीक्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्टरूपमा उल्लेख हुनुपर्छ । नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित हुनुपर्छ । यसो भएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ । फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी त्यसको प्रशोधन गरी मल उत्पादन गर्न सकिन्छ । नगरपालिकाले उपयुक्त प्रवधि भिœयाई आवश्यक अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्छ । उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्यान्डफिल साइटको व्यवस्था गर्ने, पब्लिकप्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने काम गर्नुपर्छ । फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानूनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले तिनीहरूको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानूनहरूलाई परिमार्जन गरिनुपर्छ । प्राङ्गारिक मल कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ ।

आशा छ, बन्चरे डाँडाको ल्यान्डफिल साइट वातावरण मैत्री हुनेछ । यी माथिका कुरा कार्यान्वयन भएमा पक्कै पनि काठमाडौं उपत्यका र देशका अन्य शहरको फोहोरमैला व्यवस्थापन प्रभावकारी भई नेपाली जनताको स्वास्थ्य राम्रो हुनेछ ।

लेखक फोहोरमैला व्यवस्थापनमा २ दशकसम्म संलग्न व्यक्ति हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्