ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

श्री राम सुगर मिल सञ्चालनमा ल्याउन ज्ञापनपत्र

२०७७ असोज, ८  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, रौतहट  । यस जिल्लाका उखु कृषकले बन्द अवस्थामा रहेको श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याउन माग गरेका छन् ।
 

मिल सञ्चालकले उखु कृषकसँग छलफल नै नगरी मिल बन्द गरेको भन्दै आपत्ति व्यक्त गरेका छन् । उखु उत्पादक संघ रौतहटको अगुवाइमा प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवलाई बुधवार ज्ञापन पत्र बुझाउँदै उक्त मिल सञ्चालन गर्नु पर्ने माग राखिएको हो ।

मिल सञ्चालक तथा सरोकारवाला निकायले मागको बेवास्ता गरेमा आगामी असोज १० गतेबाट चरणबद्ध रुपमा आन्दोलन गर्ने संघले बताएको छ ।उखु उत्पादक संघ रौतहटका अनुसार मागका बारेमा बेवास्ता गरिएमा प्रमुख तथा सहायक राजमार्गमा विरोध प्रदेशनसमेत गरिने छ ।

चिनी मिल बन्द भएपछि मिलमा कार्यरत मजदूर तथा आश्रितका परिवार बिचल्ली  हुनुका साथै पाउनु पर्ने भुक्तानी रकम समेत नपाएको संघको ठहर छ ।

मिल सञ्चालक र उखु किसानबीच भएको सहमति अनुसार गत चैत मसान्तसम्म दिनुपर्ने भुक्तानी अझै बाँकी रहेको र श्रमिक मजदूरको उपदान, क्षतिपुर्ति तथा सञ्चय कोषसमेत हालसम्म उपलब्ध नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

उखु किसानहरुले मिलबाट पाउनु पर्ने रू.४१ करोड तीन दिनभित्र पाउनु पर्ने, उद्योगबाट पाउनु पर्ने उपदान , क्षतिपुर्ति तथा सञ्चय कोष रकम यथासिध्र उपलब्ध गराउनु पर्ने र उखु किसान, उद्योगपति र नेपाल सरकारको समन्वयमा मिल पुन : सञ्चालनमा ल्याउनु पर्ने उखु उत्पादक संघ रौतहटले माग राखेको छ । 

यो पनि हेर्नुस् :

घाटा निरन्तर बढेपछि अन्तत : स्थायी रुपमा बन्द भयो श्रीराम सुगर मिल्स

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्