ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सांग्रिला बैंकका ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट

२०७७ असोज, ९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीको असरमा परेका बैंकका ऋणीलाई बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशतको छुट योजना ल्याएको छ ।

बैंकका ऋणी ग्राहकले ०७७ असोज मसान्तसम्म चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवाब्याज रकम भुक्तानी गरे भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियतस्वरुप छुट हुने बैंकले जनाएको छ । बैंकका यसरी ग्राहकलाई ब्याज रकममा छुट गरिँदा ०७७ असार मसान्तसम्मको बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिइनेछ । बैंकको उक्त निर्णय सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा तथा लघुवित्त वित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागू नहुने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्