ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

२०७७ असोज, ९  
प्रदेश ०१
Image Not Found

भोजपुर (अस) । भोजपुरमा करदाता सेवा कार्यालय स्थापना भएको छ । जिल्लामा सोमवार करदाता सेवा कार्यालय उद्घाटन गरिएको हो । यससँगै अब जिल्लाका करीब २२ सय उद्योगी व्यवसायी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यसअघि भोजपुरवासी कर तिर्न ३ दिनसम्म लगाएर करदाता सेवा कार्यालय धनकुटा तथा आन्तरिक राजस्व कार्यालय धरान धाउन बाध्य थिए ।

जिल्लामै पहिलोपटक करदाता सेवा कार्यालय आएपछि सेवाग्राही उत्साहित भएका छन् । कार्यालयबाट कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्र उपलब्ध, करदाता दर्ता गर्ने कार्य, विवरण सच्याउने लगायत सेवा उपलब्ध हुने करदाता सेवा कार्यालय, भोजपुरका प्रमुख रमेश पौडेलले बताए । कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । कार्यालय स्थापना भएपछि करदाता र राजस्व समेत बढ्ने कार्यालयको अपेक्षा छ । लामो समयसम्म कर नतिरी निष्क्रिय रहेका उद्योगी व्यवसायी समेत करको दायरामा आउने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्