ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुर्खेतमा सवारी चालक अनुमति पत्र वितरण शुरु

२०७७ असोज, ९  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

असोज ९, सुर्खेत । कर्णाली प्रदेशबाट सवारी चालक अनुमति पत्र वितरण कार्य शुरु भएको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले बिहीवारदेखि पहिलो पटक सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण गरेकाहरुलाई सवारी चालक अनुमति पत्र (डाईभिङ लाइसेन्स) वितरण गरेको हो । 

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि पहिलो पटक सवारी चालक अनुमति पत्र वितरण शुरु भएसँगै सर्वसाधारणमा नयाँ उत्साह थपिएको छ । यसअघि सवारी चालक अनुमति पत्र बनाउनका लागि यसक्षेत्रका नागरिकलाई नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । 

सवारी चालक अनुमति पत्र वितरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य कार्यालयहरु भन्दा निकै संवेदनशील कार्यालय भएको बताए । उनले कुनैपनि काममा नागरिकलाई खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रुपान्तरण नहुने जिकिर गरे । 

सेवामा ढिलासुस्ती हुन नदिनका लागि सुर्खेतमा नै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्नेका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको समेत मुख्यमन्त्री शाहीले जानकारी दिए । 

यता बिहीवार ५५३ ओटा नयाँ लाईसेन्स वितरण गरिएको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख आनन्द चपाईले जानकारी दिए । उनले गत माघबाटै सेवा शुरु गरिएपनि छपाइ गर्न काठमाडौं पठाउनु पर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको बताए । 

उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा १० करोड ७३ लाख राजस्व संकलन गरिएको कार्यालय प्रमुख चपाईको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्