ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धानको समर्थन मूल्य निर्धारणसम्बन्धी प्रदेश २ मा छलफल        

२०७७ असोज, ९  
प्रदेश ०२
Image Not Found

असोज ९, जनकपुर । धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा संघीय र प्रदेश सरकार बीच छलफल भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार सम्पन्न छलफलले धानको न्यूनतम मूूल्य निर्धारण गरी सरकारी स्तरबाट खरीद गर्ने सोचाइ बनाएको छ ।
 

यसका लागि प्रदेश भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।     
     
सो छलफलमा किसानलाई उचित मुल्य उपलब्ध गराउने प्रत्याभूतिका लागि विभिन्न प्रकारका विषयहरुमाथि विचार विमर्श भएको थियो ।

छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्रराय यादव, प्रमुख सचिव अर्जुन पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्