ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बरामद गरिएको प्याज सर्वसाधारणलाई  विक्री

२०७७ असोज, १०  
समाचार
Image Not Found

असोज १०, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथली विक्रीकक्षबाट प्रतिकेजी रू. ६० मा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न शुरुआत गरेको छ ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो ।

 काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रू. ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए  ।  उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । 

‘हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफै बेच्न थालेका हौं’, उनले भने, ‘ एक जनालाई तीन किलोसम्म दिन थालेको  छौं ।’

उनका अनुसार रू. ५२  राजस्व  र  रू. ८  खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि उपत्यकामा प्याजको मूल्य रू. १२० सम्म पुगेको बताइएको छ  ।

प्रजिअ दाहालले प्याजजस्तै चिनी लगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सृजना गरेर बजारमूल्य भन्दा बढी विक्रीको पाइएमा हस्तक्षेप गरि आफैं विक्री गर्ने जानकारी दिए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्