ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

न्यूनचापीय रेखा उत्तरपूर्व सर्ने क्रममा : आजदेखि मौसम सफा हुँदै जाने

२०७७ असोज, १०  
समाचार
Image Not Found

असोज १०, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम शनिवारदेखि सफा हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

विभागले शनिवार एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय रेखा उत्तरपूर्व सर्ने क्रममा रहेकाले शनिवार बेलुकादेखि मौसम सफा हुँदै जाने जानकारी दिएको छ । 

हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

शनिवार राति प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव ९ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्