ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दाङमा कोरोना महामारीमा पनि सवा तीन अर्ब राजस्व संकलन        

२०७७ असोज, १०  
प्रदेश ०५
Image Not Found

असोज १०, घोराही । कोरोना महामारीको समयमा पनि दाङमा रू. ३ अर्ब १६ करोड राजस्व संकलन भएको छ । जिल्लाका संघ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा सो राजस्व संकलन भएको हो ।     
     
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/ ७७ को साउन मसान्तसम्म यी कार्यालयहरुले राजस्व संकलन गरेका हुन् । तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजस्व कार्यालयले रू.३ अर्ब १० करोड राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ ।     

ती मध्ये संघ सरकारअन्तर्गत रहेका कार्यालयहरुले रू.२ अर्ब ५४ करोड बढी राजस्व संकलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले रू. ६२ करोड १६ लाख राजस्व संकलन गरेका छन् ।     
     
कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिंचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजस्व संकलन गरेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्