ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३ ओटा लघुवित्त कम्पनी मर्जरमा जाने सहमति, माघ भित्रै एकीकृत कारोबार गर्ने तयारी

२०७७ असोज, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौँ । तीनवटा लघुवित्त कम्पनीहरु एक आपसमा मर्जरमा जाने भएका छन् । 

शुक्रवार आयोजित कार्यक्रममा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सीवाईसी लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सहमति भएको हो ।

बागलुङ जिल्लास्थित सीवाईसी लघुवित्तको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगत पोखरेल, सीवाईसी लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्राम लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।


आरम्भ चौतारी हाल दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनी हो भने सीवाईसी र शालिग्राम लघुवित्त आईपीओ जारी हुन बाँकी रहेको कम्पनी हो ।

आरम्भ चौतारी र सीवाईसी राष्ट्रिय स्तरका लघुवित्त कम्पनी हो भने शालिग्राम लघुवित्त प्रादेशिक स्तरको कम्पनी हो ।वित्तीय कम्पनीको संयुक्त कारोबार माघ महीनाभित्र गर्ने समझदारी पत्रमा उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्