ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारी : विश्वभर ३ करोड २७ लाखभन्दा बढी संक्रमित

९ लाख ९३ हजार भन्दा बढीको मृत्यु    

२०७७ असोज, १०  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितहरुको उपचारमा संलग्न नर्सको फाइल फोटो

असोज १०, पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३करोड २७ लाख ८३ हजार पुगेको छ । कुल संक्रमितमध्ये २ करोड ४१ लाख ८४ हजार निको भएका छन् भने करीब ७६ लाख मानिस सक्रिय संक्रमित रहेका छन् ।     
     
विश्वभर अझै पनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या पनि ७२ लाख ४४ हजार नाघिसकेको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म २लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख संक्रमित भएका छन् भने त्यहाँ ९३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करीब ४७ लाख व्यक्ति संक्रमित भएकामा १लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।     
     
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजारभन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । यूरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।  रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्