ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ४६७ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७१ हजार ८२१ पुग्यो

२०७७ असोज, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । नेपालमा शनिवार थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४६७ जनाको मृत्यु पुष्टि भएको छ ।

विगत २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

मन्त्रालयका अनुसार होमआईसोलेशनमा १० हजार ५०८ रहेका छन् । आईसीयूमा  २२४ जनाको उपचार भइरहेको छ । यसैगरी भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ । 

प्रवक्ता गौतमले कुल संक्रमितमध्ये निको हुनेको दर ७३ दशमलव ८ प्रतिशत रहेको बताए ।उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ। 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितहरु मध्ये ठमाडौं जिल्लाका ५८३ जना, ललितपुर जिल्लामा ७८ जना र भक्तपुर जिल्लाका ६३ जना रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्