ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन परीक्षा 

२०७७ असोज, १०  
सुदूरपश्चिम प्रदेश शिक्षा
Image Not Found

असोज १०, महेन्द्रनगर । कोरोना महामारीका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रवारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । 

मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ व्यापक तयारीकाबीच अनलाइन परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले जानकारी दिएको छ । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले पहिलो चरणमा शुक्रवार सिभिल इञ्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा शुरु भएको बताए । उपकुलपति प्राडा जोशीले भने, ‘हामीले परीक्षा शुरु गर्नुअघि यहाँका प्राध्यापक र विद्यार्थीलाई यसको पद्धतिका विषयमा प्रशिक्षणसमेत दिएका छौँ ।’

पहिलो दिनको परीक्षामा इञ्जिनियरिङका र कृषि विज्ञानतर्फ गरी १८३ जना विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएको विश्वविद्यालयले जानकारी दिएको छ । परीक्षाका लागि बिहान ९ देखि २ बजेसम्म समय तोकिएको छ ।

उनले पठनपाठन सकिएका विषयको अनलाइन परीक्षा गर्न ठूलो चुनौती रहेपनि विश्वविद्यालयको प्राविधिक जनशक्ति अहोरात्र खटिएको बताए । विद्यार्थीहरु अनलाइनको पहुँच बाहिर हुने अवस्था रहेकाले विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका सुदूरपश्चिमका ८८ ओटै  स्थानीय तहलाई पहल गरिएको छ ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले प्रविधि र अनेकन हिसाबले पछि रहेको सुदूरपश्चिममा अनलाइन परीक्षा गर्नु चुनौतीपूर्ण रहेको बताए ।

‘मुलुकका अन्य क्षेत्रमा रहेका पुराना र सुविधा सम्पन्न विश्वविद्यालयले नसकिरहेका बेला त्यो हामीबाट सम्भव हुनु यहाँका लागि गर्वको विषय पनि हो’, उनले भने, ‘अब विश्वविद्यालय प्रविधिसित पनि नजिक रहेर अगाडि बढ्दै छ ।’ रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्