ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

२०७७ असोज, १०  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १०, किभ (युक्रेन) । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको जानकारी दिइएको छ ।

शुक्रवार सो विमान दुर्घटनमा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिवार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जानकारी दिएको छ । 

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् । 

रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ । विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जानकारी दिइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्