ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यूएईले ल्यायो निजी क्षेत्रमा समान तलब 

२०७७ असोज, १०  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १०, दुबई (संयुक्त अरब इमिरेट्स) । संयुक्त अरब इमिरेट्स (यूएई) ले निजी क्षेत्रमा महिला र पुरुषका लागि बराबरी तलब सुनिश्चत गर्ने कानून ल्याएको छ ।

त्यहाँका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमकी जेठी छोरी एवम् यूएई जनरल ब्यालेन्स काउन्सिलकी अध्यक्ष शिखा मनल बिन्त मोहम्मद बिन रशिद अल मकतुमले सो कानूनबारे ट्विट गर्दै बताएकी हुन् । 

यस कदमले महिलाको सामाजिक समावेशिता बढाउने, राष्ट्रिय विकासमा उनीहरुको भूमिकालाई टेवा दिने र विश्वको लैंगिक समानता सूचकांकमा यूएईको वरियतामा सुधार ल्याउने ट्विटमा उनले भनेकी छिन् । 

यूएईको मन्त्रीपरिषद्ले सन् २०१८ को अप्रिलमा नै यो कानून पारित गरिसकेको छ । विश्व आर्थिक मञ्चको सन् २०२० को विश्वव्यापी लैंगिक अन्तर शीर्षकको प्रतिवेदनअनुसार यूएई १२० औं स्थानमा रहेको छ । 

त्यहाँको पुरुषहरुको श्रम सहभागिता दर ९३ प्रतिशत र महिलाहरुको सहभागिता दर ५३ प्रतिशत रहेको संयुक्त राष्ट्र संघ (यूएन)को सन् २०१९ को लैंगिक असमानता सूचकांकले देखाएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्