ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एप्पलको कर महसुलसम्बन्धी फैसलालाई चुनौती दिँदै यूरोपेली आयोग

२०७७ असोज, १०  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १०, ब्रसेल्स (बेल्जियम) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आयरल्याण्डलाई १३ अर्ब यूरो कर तिर्नु पर्दैन भन्ने फैसलाको विरुद्धमा यूरोपेली अयोगले अपिल दिने भएको छ । 

एप्पलले आयरल्याण्डमा कर भुक्तानीसम्बन्धी कुनै पनि नियम उल्लंघन गरेको प्रमाण नपाइएको भन्दै यूरोपेली संघ (ईयू) को सामान्य अदालतले जुलाईमा सो फैसला सुनाएको थियो ।कम्पनीले कर नतिरेको भन्ने विषयमा आयरल्याण्डले कहिल्यै केही बोलेको छैन । बरु उसले एप्पललाई कर छल्न दिएको आरोप यूरोपेली आयोगले लगाउँदै आएको छ । 

उपर्युक्त आकारको कर भुक्तानी शीर्ष प्राथमिकता भएको ईयूको भनाइ छ । आयरल्याण्डले एप्पललाई गैरकानूनी रुपमा कर छूट दिएको सन् २०१६ मा अदालतले फैसला गरेको थियो । सो फैसला यसै वर्षको जुलाईमा उल्ट्याइएको थियो । 

कागजमा मात्रै रहेको आइरिस मुख्यालयमा ईयूभर कम्पनीले कमाएको मुनाफा सार्न आयरल्याण्डले एप्पललाई अनुमति दिएको र ईयूमा भएको आम्दानीमा कर तिर्नबाट बचाएको दाबी यूरोपेली आयोगको छ । यद्यपि, आयरल्याण्डले भने एप्पलको कर महसुल आफ्नो नियमनअनुसार भएको बताउँदै आएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्