ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेयर बजारका निर्णायक १० कम्पनी

२०७७ असोज, ११  
१० वर्ष अघि
NA

स्टक एक्सचेन्जमा सूचीकृत १६५ कम्पनीहरूमध्ये प्रमुख १० कम्पनीहरूको मूल्य सूचकांकले बजरमा निर्णायक भूमिका खेल्ने गरेको छ । तिनै १० कम्पनीहरूका कारोबार मूल्यले नेप्से परिसूचक करिब ८० प्रतिशतसम्म प्रभावित हने गरेको छ । अन्य कम्पनीहरूको सेयर मूल्यमा कुनै घटबढ हुँदासमेत ती कम्पनीहरूको सेयर मूल्य घट्दा नेप्से स्वात्तै घट्ने गरेको छ र अलिकति मूल्य बढ््दा नेप्से परिसूचक पनि उल्लेख्य वृद्धि हुने गरेको देखिन्छ । यसरी बजारलाई आफ्नो वशमा राख्ने कम्पनीहरूमा नेपाल टेलिकम अग्रस्थानमा छ ।
त्यसबाहेक अन्य सबै क वर्गका वाणिज्य बैंकहरू रहेका छन् जसमा स्टान्डर्ड चार्टर्ड, नबिल, बैंक अफ काठमाण्डू, एभरेस्ट, हिमालयन, इन्भेस्टमेन्ट, लक्ष्मी एसबीआई र एनआइसी रहेका छन् ।

गत बिहीवारको मूल्यअनुसार स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण रू. ३ खर्ब ४३ अर्ब छ जसमा नेपाल टेलिकम एक्लैको हिस्सा करिब रू. ६० अर्ब अर्थात् करिब १४.२ प्रतिशत छ । १५ करोड कित्ता सेयर सूचीकृत रहेको टेलिकमको सेयर मूल्यमा रू. १० ले घट्दा समग्र नेप्से परिसूचक १ अंकले तल झर्छ । करिब डेढ वर्ष अगाडि १४८१ रुपैयाँसम्म पुगेको नेपाल टेलिकमको सेयर मूल्य अहिले घटेर ४ सय ६ रुपैयाँ छ । अर्थात् करिब डेढ वर्षको बीचमा १०७५ रुपैयाँले टेलिकमको सेयर मूल्य घटेको छ । बजार पुँजी करणमा उसले ओगटेको हिस्साको आधारमा त्यसले नेप्से परिसूचक करिब १०७ अंकले घटाएको छ ।

वर्ष ५, अंक ३१, २०६६, चैत ३०–वैशाख ५

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्