ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एसिया क्यापिटलको ‘कोभिड रिभाइभल स्ट्राटेजी’ सेवा

२०७७ असोज, ११  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एसिया क्यापिटलले कोरोना महामारीका कारण थला परेका साना तथा मझौला उद्यमीलाई सहयोग गर्ने उद्देश्यले कोभिड–१९ रिभाइभल स्ट्राटेजी’ नामक परामर्श सेवा सुरु गरेको छ ।

कोरोनका कारण समस्यामा परेका साना उद्यमी व्यवसायीलाई परामर्श दिई उनीहरूको व्यवसायलाई नवीन सोचसहित सञ्चालनमा ल्याउन यस्तो सेवाले सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीका अनुसार यस्तो सेवाअन्तर्गत उद्यमी व्यवसायीलाई नयाँ व्यापारिक योजना, रि–इन्जिनियरिङ, मूल्यांकन, बजार अनुसन्धान र सेवा, नगद र प्रतिफल रणनीति, सहज ऋण लिन सकिने व्यवस्थालगायत परामर्श दिइनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्