ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एभरेष्ट बैंक–होटल अलफ्ट समझदारी

२०७७ असोज, ११  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एभरेष्ट बैंक र ठमेलमा रहेको होटल अलफ्टबीच समझदारी भएको छ । समझदारीपछि होटल अलफ्टमा बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउनेछन् ।

सहकार्यअन्तर्गत बैंकका ग्राहकले फुड वेभरेज र बेकरी सोपमा होटलले तोकेको स्ट्यान्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउनेछन् । हालको महामारीका कारण यो अफर टेक(अवे सेवामा मात्र उपलब्ध हुनेछ भने अवस्था सहज भएलगतै होटलबाटै सेवा उपभोग गर्न सकिने बैंकले जनाएको छ  । सम्झौताअन्तर्गत बैंकका ग्राहकले आफ्नो एटिएम वा क्रेडिट कार्ड देखाए यो छुट पाउनेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्