ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

श्रीराम सुगर मिल सञ्चालन गर्न माग

२०७७ असोज, ११  
प्रदेश ०२
Image Not Found
author avatar दीपेश पौडेल

रौतहट । उखु उत्पादक संघ रौतहटले बन्द रहेको श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याउन माग गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

मिल सञ्चालकहरूले छलफलबिनै एकाएक मिल बन्द गरेपछि उखु कृषकसँगले पुनः सञ्चालन गर्ने मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

मागको सुनुवाइ नभए असोज १० बाट चरणबद्ध रुपमा आन्दोलन गर्ने संघले जनाएको छ । उखु उत्पादक संघ रौतहटका अनुसार प्रमुख तथा सहायक राजमार्ग बन्द गर्नेसम्मका विरोध कार्यक्रम तय भएको छ ।

मिल बन्द भएपछि त्यहाँ कार्यरत कामदार परिवारको बिचल्ली  हुनुका साथै पाउनुपर्ने भुक्तानी रकमसमेत भुक्तानी गरेको छैन ।

मिल सञ्चालक र उखु किसानबीच भएको सहमतिअनुसार गत चैत मसान्तसम्म दिनुपर्ने भुक्तानी अझै बाँकी रहेको र श्रमिक मजदुरको उपदान, क्षतिपूर्ति तथा सञ्चयकोषसमेत हालसम्म उपलब्ध नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उखु कृषकहरूले मिलले दिनुपर्ने ४१ करोड रुपैयाँ तीन दिनभित्र पाउनुपर्ने, उपदान, क्षतिपूर्ति तथा सञ्चयकोष रकम उपलब्ध गराउनुपर्ने एवं उखु किसान, उद्योगपति र नेपाल सरकारको समन्वयमा मिल पुनः सञ्चालनमा ल्याउनुपर्ने उखु उत्पादक संघ रौतहटको माग छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्