ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुर्खेतबाट सवारीचालक अनुमतिपत्र वितरण शुरू

२०७७ असोज, ११  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

असोज । कर्णाली प्रदेशबाट सवारीचालक अनुमतिपत्र वितरण शुरू भएको छ । कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय सुर्खेतले सवारीचालक अनुमतिपत्रका लागि परीक्षा उत्तीर्ण गरेकाहरूलाई विहीबारदेखि  वितरण थालेको हो । यसअघि सवारीचालक अनुमतिपत्र बनाउन यस क्षेत्रका नागरिक नेपालगञ्ज जानुपर्ने बाध्य थिए ।

सवारीचालक अनुमतिपत्र वितरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय अन्य कार्यालय भन्दा निकै संवेदनशील रहेको बताए । कुनै पनि काममा नागरिकलाई खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रूपान्तरण नहुने उनको भनाइ थियो । सेवामा ढिलासुस्ती हुन नदिन सुर्खेतमै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्थाका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको समेत उनले बताए ।

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतका  प्रमुख आनन्द चपाईले माघदेखि सेवा शुरू गरिए पनि छपाइ गर्न काठमाडौं पठाउनुपर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको बताए । उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा १० करोड ७३ लाख राजस्व संकलन गरेको कार्यालय प्रमुख चपाईले जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्