ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का

२०७७ असोज, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ ।

गत भदौ ९ गते आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिने( मर्जर) सम्झौता  भएका कारण नेप्सेले आरम्भ चौतारी लघुवित्तको कारोबार रोक्का  गरेको हो ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था दोश्रोबजारमा सूचीकृत कम्पनी हो भने अरु दुई ओटा भने सूचीकृत नभएका कम्पनी हुन् ।

यस अघि आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारीको नाममा एक भएका थिए । यी दुई कम्पनीले मर्जर पश्चात असार २२ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।

शालीग्राम लघुवित्त वित्तीय संस्था रू. १ करोड ६८ लाख १७ हजार चुक्तापूँजी रहेको कम्पनी हो । शालीग्राम लघुवित्तको केन्द्रिय कार्यालय म्याग्दी  जिल्लाको बेनी–७ मा रहेको छ । त्यस्तै सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङमा रहेको छ ।

सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी रू. ७ करोड रहेको छ । सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको गत बिहीवारसम्ममा दोश्रोबजारमा अन्तिममूल्य प्रतिकित्ता मूल्य रू.७३८ कायम  थियो ।

यो पनि हेर्नुस् :

३ ओटा लघुवित्त कम्पनी मर्जरमा जाने सहमति, माघ भित्रै एकीकृत कारोबार गर्ने तयारी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्