ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ४७७ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७३ हजार ३९४ पुग्यो

२०७७ असोज, ११  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । नेपालमा आइतवार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४७७ जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार होम आईसोलेसनमा हाल १० हजार ६९८ जना रहेका छन् । यसैगरी संस्थागत आईसोलेशनमा ८ हजार ३२१ जना रहेका छन् । हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन् । हालसम्म कुल पीसीआर परीक्षण संख्या ९ लाख ८७ हजार ३२७ पुगेको छ भने विगत २४ घण्टामा १० हजार १२३ ओटा पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमले संक्रमितमध्ये ७३ दशमलव ४ प्रतिशत निको हुने दर रहेको बताए । मन्त्रालयका अनुसार कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ भने आइतवार मात्रै थप ८८५ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६३३ जना, ललितपुर  जिल्लामा १०४ जना र भक्तपुर  जिल्लामा ७२ जनालाई संक्रमण पुष्टि भएको हो ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न  भनेका छन् ।

उनले पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको भन्दै ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि नगर्ने पनि बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्